२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रवास

युएइमा घन्किए पञ्चेबाजा

युएई- युएईमा पहिलो पटक पञ्चेबाजा बजाएर कार्यक्रम गरिएको छ। पाल्पाली समाज युएएईको प्रथम वार्षिक उत्सवको अवसरमा नेपाल मगर संघ शाखा युएईले पन्चे बाजा बजाएर कार्यक्रम गरेको हो।कार्यक्रममा बरिष्ठ लोक गाएर तथा संगीतकार नारायण रायमाझी र गायिका जमुना राना मगरलाई पन्चे बाजा बजाएर स्वागत गरिएको थियो।

कार्यक्रमका मुख्य आकर्षक पाउनाको रुपमा नारायण रायमाझी र जमुना राना मगर युएईमा पहिलो पटक आएका थिए। अन्य कार्यक्रमहरु भन्दा फरक कार्यक्रम भए पनि यसरी बाजा बजाउँदा आगामी दिनहरुमा युएईको नियमलाई बुझेर मात्र अगाडि बढ्नु पर्ने नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले बताए।
uae2
अहिलेसम्म धेरै देशहरु गए पनि युएईमा बाजा सहित कार्यक्रममा प्रवेश गर्न पाउँदा गर्भ लागेको बरिष्ठ्र गाएक तथा संगितकार नारायण रायमाझीले बताए। रायमाझीले लोकगीत संगीतलाई मन पराउने धेरै दर्शकहरु युएईमा रहेको भन्दै खुसी व्यक्त गरे।

आफ्नो कला र संस्कृतिको संरक्षणको लागि नेपाल मगर संघ युएई शाखाले नेपाली दूतावासको सहकार्यमा युएईमा दुई महिना अगाडि पन्चे बाजा ल्याएको मगर संघ युएई शाखाका संयोजक रेशम सोमै मगरले बताए।
uae
प्रवासमा पनि आफ्नै गाउँ ठाउँमा झै पन्चे बाजामा नाच्दै र राष्ट्रका सष्ट्रालाई सम्मान गर्न पाउनु सबै नेपालीको लागि गर्भको कुरा रहेको उपस्थित दर्शकहरुको भनाइ थियो।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यबाद दिँदै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गर्ने संस्थाका अध्यक्ष खुम बाहादुर आलेले बताए। अहिले सम्म धेरै कार्यक्रमहरु भए पनि पन्चे बाजा सहितको कार्यक्रम भने युएईमै पहिलो पटक भएको हो।

प्रकाशित: १३ वैशाख २०७३ २३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App