६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

युरोप क्षेत्रीय उप-संयोजकमा खरेलको उम्मेदवारी

काठमाडौं-गैर आवासीय नेपाली संघ(एनआरएन) को युरोप क्षेत्रीय उप संयोजक पदका लागि स्पेनका दीपक खरेलले उम्मेदवारी घोषणा गरेका छन्। डेढ दसकदेखि स्पेनमा बस्दै आएका खरेल गैर आवासीय नेपाली संघ(एनआरएनए) स्पेनका संस्थापक कोषाध्यक्ष हुन्।हाल स्पेनतर्फबाट केन्द्रीय समन्वय समितिमा प्रतिनिधि छानिएका खरेल थिए। खरेलल नेपालका पुनर्निर्माण, आर्थिक समृद्धि अभियानका सहयोगी बन्ने र युरोपमा रहेका रहेका नेपालीहरुको समस्या समाधान गर्ने पहल गर्ने भूमिका खेल्न उम्मेदवारी दिन लागेको बताएका छन्।

'भूकम्पपछिको नेपालमा सामूहिक पुनर्निर्माणका लागि बढीभन्दा बढी सहयोग जुटाउने, नयाँ संविधान नेपलको आर्थिक समृद्धिको अभियानमा भूमिका निर्वाह गर्ने छु,' नागरिकन्युजसँग उनले भने, 'युरोप भनेर मात्रै हुँदैन। यहाँको अवस्था खाडी देशमा काम गर्न जाने नेपालीको जस्तै छ। उहाँहरुको समस्याका समाधान गर्न पहल हुने छ।'

प्रकाशित: १५ आश्विन २०७२ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App