२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

नवपलपुर-१ मा एमालेका सापकोटाले उम्मेदवारी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट भागिरथ सापकोटाले उम्मेदवार दर्ता गराएका छन् ।  

उनले आज दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला निर्वाचित भएको क्षेत्रमा यस पटक युवा उद्यमी र तथा व्यवसायी सापकोटालाई एमालेले अघि सारेको थियो ।  राजनीतिलाई पेसा र व्यवसायसँग जोड्न वकालत गरिरहेका सापाकोटालाई एमालेले अघि सारेको विषयलाई उद्योगीहरूले सकारात्मक रुपमा लिएका छन् ।  

कोइरालाले यसअघि आफ्ना प्रतिस्पर्धीभन्दा २ हजार ८४ मतान्तर बनाएर निर्वाचित भएका कारण पनि यस पटक एमालेले त्यहाँ लोकप्रिय रहेका नेतालाई उम्मेदवार बनाएको हो। सापकोटा नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष हुन् । लामो समय एमालेको राजनीतिमा रहेका सापकोटा अर्थ राजनीतिका प्रखर व्याख्यता पनि हुन्।

प्रकाशित: ६ माघ २०८२ १७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App