३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सबैभन्दा बढी उम्मेदवारी रुपन्देही-२ र ३ मा, सबैभन्दा कम मुस्ताङमा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको काम सम्पन्न भएको छ ।

आज पाँच बजेभित्र मनोनयन दर्ताको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यो निर्वाचनका लागि सबैभन्दा धेरै रुपन्देही क्षेत्र नम्बर २ र ३ मा उम्मेदवारी दर्ता भएको छ।  

यी दुवै क्षेत्रमा ३५/३५ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता भएको छ। एक निर्वाचन क्षेत्रमात्र भएको मुस्ताङमा चार जनालेमात्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: ६ माघ २०८२ १७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App