क्वालालाम्पुर— मृगौला रोगबाट पीडित भोजपुरका पत्रकार श्यामकृष्ण दाहालको उपचारका लागि मलेसियामा क्रियाशील नेपाली पत्रकारहरुले संकलन गरेको रकमआज पठाएको छ।
मलेसियामा संकलनभएको एक हजार ५ सय १ रिङ्गेट (४२ हजार ५ सय ५३ रुपैयाँ) उपचारत पत्रकार दाहालको बैंक खातामा पठाइएको 'पत्रकार श्यामकृष्ण दाहालबचाऊ'अभियानमलेसियाका संयोजक भुमिराज पराजुलीले जानकारी दिए।मलेसियामा रहेका क्रियाशील नेपाली पत्रकारहरुले दाहालको उपचारका लागि यहाँका नेपाली संघसंस्था,मजदुर र पत्रकारसँग सहयोग रकम संकलन गरेको समिति सदस्यपत्रकार अर्जुन काफ्ले बताए। काफ्लेले भने,'आर्थिक अभावकै कारण पत्रकार दाहालले ज्यान गुमाउन नपरोस् भनेर मलेसियाका नेपालीपत्रकारले उनको उपचारका लागि सहयोग संकलन गरेको हो।'
दाहाल बचाऊ अभियान मलेसियाले विज्ञप्ति जारी गरी सहयोग रकम प्रदानगर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ। मृगौला रोगी पत्रकार दाहालको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ। उनका दुवै मृगौला फेर्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।
प्रकाशित: १८ वैशाख २०७२ ०३:५२ शुक्रबार





