मुलुकमा चुनावी सरगर्मी बढेसँगै विभिन्न पेसा र क्षेत्रका व्यक्तिहरूले आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।
यसैक्रममा गायिका एलिना चौहानले पनि राजनीतिज्ञहरूको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै तिखो प्रश्न गरिन्।
सामाजिक सञ्जाल मार्फत् गायिका चौहानले एक-अर्कालाई होचाउने र गाली गर्ने प्रवृत्तिले समाज परिवर्तन नहुने बताइन्। उनले अरूको कमजोरी औंल्याउनुभन्दा आफ्नो स्पष्ट योजना र भिजन लिएर जनतामा जान नेताहरूलाई सुझाव दिएकी छिन्।
उनले लेखेकी छिन्, ‘राजनीति भनेको अरूलाई नराम्रो देखाउने प्रतिस्पर्धा मात्र हो र ? सधैं अरूको कमजोरी खोजेर, दोष लगाएर मात्र समाज बदलिन्छ ?’
गायिका चौहानले नेताहरूलाई अर्काको आलोचना गर्नुको साटो देश र जनताका लागि आफूले के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन आग्रह गरिन्।
उनले अगाडि प्रश्न गरेकी छिन्, ‘आफ्नो सोच के हो, आफ्नो योजना के हो, देश र जनताका लागि म के गर्न सक्छु, त्यो खुलेर बोले हुन्न ?’
प्रकाशित: ६ माघ २०८२ १५:१५ मंगलबार





