९ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

इलाम-२ बाट मनोनयन दर्ता गराए सुहाङले

नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर-२ बाट मनोनयन दर्ता गराएका छन् ।  

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले इलाम-२बाट मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि उनले निर्वाचनलाई लोकतान्त्रिक मूल्य, मर्यादा र शालीनताका साथ सफल बनाउन सबैको साझा भूमिका आवश्यक रहेको बताए ।  

उनले भने, ‘निर्वाचनलाई लोकतान्त्रिक मूल्य, मर्यादा र शालीनताका साथ सफल बनाउन सबैको साझा भूमिका आवश्यक रहेको छ। त्यसका लागि म सबै इलामेली दिदीबहिनी तथा दाजुभाइहरूलाई सक्रिय सहभागिताका साथ अघि बढ्न हार्दिक अनुरोध गर्दछु।’

नेम्वाङले सुशासन, विकास र समृद्धिको साझा लक्ष्यका साथ अघि बढ्ने यात्राले इलाम–२ लाई रूपान्तरणको दिशातर्फ अवश्य अग्रसर गराउनेछ भन्ने दृढ विश्वास लिएको बताएका छन् ।  

सुहाङले मनोनयन दर्ता गराएको इलाम-२मा कांग्रेसका भेषराज आचार्यले मनोनयन दर्ता गराएका छन् । सुहाङ यसअघिको उपनिर्वाचनमा विजयी उम्मेदवार हुन भने आचार्य सोही निर्वाचन क्षेत्रमा सुहाङका पिता स्वर्गीय सुवास नेम्वाङसँग पराजित भएका थिए ।

प्रकाशित: ६ माघ २०८२ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App