सर्लाहीको धनकौल गाउँपालिकामा सन्चालित अन्नपूर्ण सुगर मिलमा बिहीबार बिहान मेसिनमा परेर एक मजदुरको ज्यान गएको छ ।
चिनी मिलमा कार्यरत धनकौल गाउँपालिका वडा नाम्बर ४ महिनाथपुर निवासी १९ वर्षीय चुनचुन रायको उखुको रस निकाल्ने मेसिनमा बेरिएर ज्यान गएको हो ।
मृतक चुनचुन आफ्ना काकासँग उद्योगमा काम सिक्न आएको बखत चेपिएर ज्यान गएको सर्लाही प्रहरिले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हरकठवाका अनुसार कामदारको मृत्यु भएपछि अन्नपूर्ण चिनी उद्योगको उखु क्रसिङ कार्य बिहिबार साँझसम्म पनि बन्द रहेको थियो ।
अहिले उखु काटेर धमाधम क्रसिङ गर्ने समय रहेकाले उद्योग परिसर उखु बोकेर आएका टायर गाडा, ट्याक्टर र ट्रकले याड भरिभराउ छन् ।
सर्लाहीका प्रहरी प्रमुख एसपि योगेन्द्र कुमार खडकाले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए ।
प्रकाशित: ८ माघ २०८२ २१:२२ बिहीबार





