पूर्व गृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मा नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुतला दहन गरिएको छ। लेखक समर्थक कार्यकर्ताले दोधरा–चाँदनीमा गगन–विश्वको पुतला दहन गरेका हुन्।
लेखक सोही क्षेत्रबाट चुनाव लड्दै आएका थिए। पछिल्लो पटक २०७९ को प्रतिनिधिसभा निर्वाचनमा लेखक विजयी भएका थिए।
तर, यसपटक उक्त क्षेत्रमा हरि बोहरालाई उम्मेदवार बनाएको छ।
प्रकाशित: ६ माघ २०८२ १५:०२ मंगलबार





