एएनएको महासभा अमेरिकाको भर्जिनयास्थित टाइसन कर्नरमा हुने भएको हो। महासभामालाई सफलताका साथ सम्पन्न गर्न २१ सदस्सीय आयोजक टोली बनाइएको छ। महासभा उद्घाआटन समारोहकी संयोजक रविना थापाका अनुसार उद्घाीटन समारोहका कार्यक्रम गोप्य राखिएको छ।
यद्यपि तीन दिनसम्म चल्ने महासभामा प्रत्येक दिन संस्कृति कार्यक्रम देखाइने आयोजकले जनाएको छ। सोसाइटी अफ अमेरिकन नेपाली नर्सेस (सान)ले महासभाका तीनै दिन प्रथामिक उपचार सेवा प्रदान गर्ने आयोजकद्वारा जारी विज्ञप्तीमा भनिएको छ। महासभाको दोस्रो दिन पशुपति-बुद्ध मन्दिरको भ्रमण गर्ने कार्यक्रमसमेत राखिएको छ।
महासभा मूल आयोजक कमिटिका सहसयोजक एवं वित्त व्यवस्थापन कमिटिका संयोजक लक्ष्मण प्रधानले सात सदस्सीय वित्त व्यवस्थपान तथा अनुगमन समिति बनाएको जानकारी दिए। उनका अनुसार समितिद्धारा मूल आयोजक कमटिले तोकिदिएको खर्चको अमेरिकी लेखा पद्धतिअनुरुप पारदर्शी एवं प्रभावकारी आर्थिक अनुशासनको पालनाअनुसार हुनेछ।
महासभा सम्मेलनलाई सफल बनाउन उल्लेख्यरुपमा स्वयंसेवक आइरहेको आनन्द थिंगले जानकारी दिए। त्यस्तै महासभाका विविध कार्यक्रमअन्तर्गत् प्रतियोगित्मक साहित्यिक सम्मेलनमा करिब चार सय रचनाहरु प्राप्त भइसकेको जानकारी प्रतियोगिताका संयोजक कवि गोबर्द्धन पूजाले बताए। त्यसैगरी खेलकुद कार्यक्रममार्फत् करिब एक हजारभन्दा नेपाली खेलाडिहरुको भेटघाट हुने आयोजकले जनाएको छ।
महासभा सफलतापूर्वक सम्पनन गर्न प्रकाशन संयोजक बसन्त श्रेष्ठले स्मारिका प्रकाशनका लागि सञ्चारकर्मी प्रदीप थापा र विष्णु शितललगायत काम गरिरहेको बताए। आमसञ्चार समितिले नियमित इबुलेटिन प्रकाशनसमेत गर्नेछ। अमेरिकाको भर्जिनिया, वासिंङटज डिसी एवं मेरिल्याण्डमात्र करिब ६० हजारको हाराहारमा नेपाली समुदाय बसोसार गरिरहेको बताइन्छ।
प्रकाशित: ५ असार २०७१ ०३:१९ बिहीबार




