६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

ओबामा नयाँ सरकारसँग सहकार्य गर्न आतुर

नयाँ दिल्ली, (एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका चुनावपछि आउने नयाँ सरकारसँग सहकार्य गर्न आतुर भएको बताएका छन्।ओबामले भारतलाई १६ औं लोकसभा चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा भारतलाई बधाई दिँदै सहकार्य गर्न आतुर भएको बताएका हुन्। उनले सोमबार दिएको सन्देशमा भारतले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुशी लागेको र प्रजातान्त्रिक निर्वाचनपछि आउने नेतृत्वसँग सहकार्य गर्न आतुरता व्यक्त गरिएको छ। । 
ओबामाद्वारा प्रकाशित विज्ञप्तिमा आफू चुनावपछि भारतमा गठन हुने नयाँ सरकारसँग काम गर्न इच्छुक भएको उल्लेख छ। नयाँ सरकारको कार्यकालमा पनि भारत–अमेरिका सम्बन्ध अझै सुदृढ हुने विज्ञप्तिमा जनाइएको छ। 
पाँच साता लामो लोकसभा निर्वाचन सोमबार सकिएको छ। नौ चरणमा भएको निर्वाचनको मतगणना मे १६ मा सुरु हुने र त्यही दिन अन्तिम परिणामसमेत आउनेछ। निर्वाचन आयोगका अधिकारीले यसपल्टको चुनावमा विद्युतीय मतदान प्रक्रिया अपनाइएकोले परिणाम पनि चाँडै नै आउने जानकारी दिएका छन्। १६ औं लोकसभा निर्वाचनमा करिब ८१ करोड मतदाता थिए। 
आयोगले चुनाव सक्न ३६ दिन लागेको र प्रारम्भिक प्रतिवेदनअनुसार यसपल्ट चुनावमा ६६.३८ प्रतिशत मतदान भएको सोमबार जनाएको थियो। चुनावमा कंग्रेस र प्रमुख विपक्षी दल भारतीय जनता पार्टीबीच नै भएको अनुमान छ। भाजपाको पक्षमा चुनावी लहर चलेको र प्रारम्भिक मतसर्वेक्षणमा पनि भाजपाको सरकार गठन हुने देखिए पनि राजनीतिक विश्लेषकहरूले भने विगतका चुनावमा गरिएका यस्ता मतसर्वेक्षण गलत सावित भएको तथ्य औंल्याएका छन्।

प्रकाशित: ३० वैशाख २०७१ २२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App