६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

कतारमा नेपालीको संख्या ३ लाख ४७ हजार

दोहा– वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएको कतारमा नेपालीको संख्या ३ लाख ४७ हजार ६ सय ५० पुगेको छ। कतारको अध्यागमन विभागले नेपाली नियोगलाई दिएको जानकारी अनुसार ३ लाख ४४ हजार १ सय ७ पुरुष र ३ हजार ५ सय ४३ नेपाली महिला हाल कतारमा छन्।
यो १४ फेब्रुवरीसम्मको विवरण हो।कतारमा रहेका अधिकांश नेपाली तल्लो स्तरको श्रमिकका रूपमा काम गरिरहेका छन्। पछिल्लो समयमा भने अर्धदक्ष कामदारको संख्या बढ्दै गएको छ। प्रतिव्यक्ति आयका हिसाबले विश्वको सबैभन्दा धनी मुलुक कतारमा २०२२ मा हुने विश्वकप फुटबलको पूर्वाधार तयारी, रेल्वे सेवाको सुरुवात, भवन तथा सडक निर्माणलगायत काममा श्रम बेच्ने नेपालीको बाहुल्य छ। श्रमिकका अलावा यहाँ करिब ३ सय इन्जिनियर, हजारभन्दा बढी ओभरसियर, ४ जना डाक्टरका साथै नर्स, प्रशासक, एकाउन्टेन्ट तथा विभिन्न प्रकारका व्यवसायमा संलग्न नेपाली पनि छन्।
महिलाहरू अधिकांश क्लिनिडसम्बन्धी कामका लागि कतार आएका छन्। त्यसबाहेक एयर होस्टेज, क्यासियर, सेल्सम्यान, वेटर तथा पारिवारिक भिसामा आएर आफ्नो श्रीमानसँग बस्नेको संख्या पनि दिनदिनै बढ्दो छ।
यहाँ श्रमरत नेपालीको अकाल मृत्युदर हरेक बर्ष एउटै अनुपातमा देखिन्छ। विगत ६ वर्षको तथ्यांक हर्ने हो भने हरेक वर्ष यहाँ १ सय ७० देखि २ सय २५ जनाले ज्यान गुमाएका छन्। यहाँको एक मात्र सरकारी अस्पताल हमाद मेडिकल कर्पोरेसनका अनुसार अधिकांशको मृत्यु हृदयघातको कारण हुने गरेको छ।

प्रकाशित: ६ चैत्र २०७० ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App