२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस आधिकारिकता विवादः सर्वोच्चले अन्तरिम आदेश दिएन, अग्राधिकार दियो (आदेशसहित)

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन इन्कार गरेको छ। निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने विवादविरुद्ध आइतबार शेरबहादुर देउवासमेत दुई जनाको रिट सर्वोच्च अदालत पुगेको थियो।  

सोही रिटमा न्यायाधीश सुनिलकुमार पोखरेलको बेञ्चमा मंगलबार इजलास बसेको थियो। इजलासले अन्तरिम आदेश दिन इन्कार गरे पनि १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्न अग्राधिकार प्रदान गरेको हो।

‘जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्न उठाइएको र ती प्रश्नहरू छिटो निरुपण हुन आवश्यक देखिएको भन्दै’ सर्वोच्चले अग्राधिकार प्रदान गरेको छ। यस्तै विपक्षी बनाइएका निर्वाचन आयोग, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग ‘लिखित कारण खुलाउँदै जवाफ’ पेश गर्न भनेको छ।  

विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न गर्न सर्वोच्चको आदेश आएको छ।  

प्रकाशित: ६ माघ २०८२ १८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App