मुम्बई - भारतको मुम्बई - देहरादुन एक्सप्रेसमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ। बुधबार थाने जिल्लाको दहनु रोड नजिकै रेलको तीन कोचमा आगो लागेको थियो। मारिनेमा एक महिला र चार पुरुष रहेको पहिचान भएपनि अन्यको पहिचान हुन सकेको छैन। घटनामा चारजना सामान्य घाइते भएका छन्। घटना के कारण भयो खुलेको छैन।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी र आम नागरिकमा चुलिएको असन्तुष्टिलाई सम्बोधन गर्न तथा पार्टीले बिराएको बाटो सच्याउन विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउने नभई सिंगो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्ने बताएका छन्।