२६ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

‘कांग्रेस फुट्दैन, आवेगमा होइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंमा जारी विशेष महाधिवेशनले पार्टी फुटाउने नभई सिंगो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्ने बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टी विभाजनको आशंका नगर्न आग्रह गरे। उनले महाधिवेशनमा उर्लिएको जनसागर पार्टी फुटाउन नभई रूपान्तरणका लागि जम्मा भएको बताए।

‘यो भीड होइन, कांग्रेस फुटाउने पनि होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्छौँ,’ सम्बोधनका क्रममा शर्माले भने।

उनले महाधिवेशनले लिने निर्णयहरू भावनात्मक आवेगमा नभई गम्भीर विवेकमा आधारित हुने स्पष्ट पारे। ‘आवेगमा होइन, कांग्रेस बदल्ने निर्णय यो हलले गर्नेछ,’ शर्माले भने, ‘हामी आवेगमा होइन, विवेकले निर्णय लिनेछौं।’

महामन्त्री शर्माले यो अभियान व्यक्ति बदल्ने मात्र नभई पार्टीको प्रवृत्ति बदल्ने र देशमा गुमेको विश्वास फर्काउने अभियान भएको जिकिर समेत गरे।

प्रकाशित: २७ पुस २०८२ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App