१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सोसियल मिडियामा ‘फण्डा’ गर्दैमा नयाँ भइँदैन, एजेन्डाका आधारमा हामी नै नयाँ हौं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विचार र एजेन्डाका आधारमा आफ्नो पार्टी नै देशको सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै सामाजिक सञ्जालमा चर्चा कमाउँदैमा कोही नयाँ नहुने बताए। राजनीतिक एजेन्डा र विचारका हिसाबले कम्युनिष्ट पार्टीको विकल्प नरहेको उनको भनाइ थियो।

‘सबभन्दा नयाँ राजनीतिक एजेन्डा भएको पार्टी नेपाली कम्युनिष्ट पार्टी नै हो,’ दाहालले भने, ‘गणतन्त्रभन्दा नयाँ विचार अहिले कसैले ल्याएको छैन। जतिसुकै सोसियल मिडियामा ‘फण्डा’ गरे पनि उनीहरूमा त्यस्तो केही विचार छैन।’

दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको वाहक र महिला, दलित, आदिवासी जनजातिलगायत उत्पीडित वर्गको अधिकारका लागि लड्ने पार्टी नै वास्तविक अर्थमा नयाँ भएको तर्क गरे। ‘जनताले बुझ्नुपर्यो, नयाँ भनेको हामी नै हो,’ उनले भने।

प्रकाशित: २६ माघ २०८२ १८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App