२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपः लालीगुराँस एफसी सेमिफाइनलमा, आयोजक बाहिरियो

आयोजक धरान फुटबल क्लबलाई हराउँदै लालीगुराँस एफसी पोखरा २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरका आधारमा ५-४ गोल अन्तरले हराउँदै लालीगुराँसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।  

धरान रंगशालामा सोमबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टीम गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल टाइब्रेकरमा धकेलिएको थियो । जसमा लालीगुराँसका तर्फबाट राम थापा, टीकाराम गुरुङ्, सुदिप गुरुङ्, अब्दुल युसुप र आशिष गुरुङ्ले प्रहार गरेको वल गोलमा परिणत भयो ।

यस्तै, आयोजक धरानका तर्फबाट विवेक राई, सविन राई, नगेन राई र प्रज्जवल थापाले प्रहार गरेको वल गोलमा परिणत भएकोमा दोर्जे तामाङ्ले प्रहार गरेको वल गोलमा परिणत हुन सकेन् ।  

खेलको ‘म्यान अफ दि म्याच’ लालीगुराँस क्लबका कुम्बा देउवा भए । मंगलबारको खेल सातदोबाटो युथ क्लब काठमाडौं र झापा ११ झापाबिच हुने छ।

प्रकाशित: २६ माघ २०८२ १८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App