२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

यो कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले पार्टीभित्र चलिरहेको बहस र विशेष महाधिवेशनलाई केवल झगडाका रूपमा नबुझ्न आग्रह गरेका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो सत्ता र शक्ति हत्याउने लडाइँ नभई पार्टीको विचार, मूल्य र मान्यता स्थापित गर्ने संघर्ष भएको प्रस्ट पारे।

‘धेरैलाई बाहिरबाट हेर्दा यो कांग्रेस भित्रको झगडाजस्तो लागिरहेको होला, तर यो झगडा होइन, संघर्ष हो,’ सम्बोधनका क्रममा थापाले भने, ‘यो पार्टीभित्रको सत्ता कब्जा गर्ने वा शक्ति हत्याउने संघर्ष होइन, यो विचारको संघर्ष हो, मूल्य र मान्यताको संघर्ष हो।’

महामन्त्री थापाले पार्टी नेतृत्वसँग आफ्नो व्यक्तिगत रिसइबी नभएको तर देश, नागरिक र जनभावनालाई बुझ्ने सवालमा सोचको भिन्नता रहेको बताए।

‘हाम्रो झगडा व्यक्तिसँग होइन, प्रवृत्तिसँग हो,’ उनले भने, ‘सत्ताको संघर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने र जनभावनाको कदर गर्ने कि नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा आज हामी कोही यहाँ भयौँ, कोही हुन सकेनौँ।’

प्रकाशित: २७ पुस २०८२ १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App