२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

भारतीय प्रधानमन्त्रीको चेतावनी

नयाँ दिल्ली  – भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले भारतविरुद्धका क्रियाकलाप रोक्न पाकिस्तानलाई चेतावनी दिएका छन्। हालैका दिनमा भारत र पाकिस्तानका बीचमा देखिएका विवादहरूका बीच प्रधानमन्त्रीले आज सो चेतावानी दिएका हुन् । केही दिन अगाडि पाँच भारतीय सैनिकको पाकिस्तानी सैनिकले हत्या गरेपछि यी दुई देशबीच विवाद बढेको हो। भारतले बिहीबार आफ्नो ६७ औँ स्वतन्त्रता दिवस मनाइरहेको अवसरमा नयाँ दिल्लीमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनमा उनले सो चेतवनी दिएका हुन्।

दक्षिण एसियाका यी दुई आणविक प्रतिद्वन्द्वी राष्ट्रका बीच आ–आफ्नो स्वतन्त्रता दिवसका वरिपरि यस्ता विरोधी भाषणहरू आउने गर्दछन्। नयाँ दिल्लीमा आज आयोजित स्वतन्त्रता समारोहमा प्रधानमन्त्री डा सिंहले भारत सदैव छिमेकीहरूसँग सौहार्द वातावरण र सुमधुर सम्बन्ध चाहने भन्दै त्यसका लागि वातावरण बनाउन पाकिस्तानको पनि हात रहने बताए।

प्रधानमन्त्री डा सिंहले नयाँ दिल्लीमा आयोजित सो समारोहमा विशेष सुरक्षाकवच भित्रबाट भाषण गरेका थिए। भारतीय स्वतन्त्रता दिवसको यस अवसरमा त्यहाँ हिजोदेखि नै सुरक्षाको निकै कडा प्रबन्ध मिलाइएको छ। नयाँ दिल्लीका अधिकांश स्थानमा सार्वजनिक सवारी बन्द गरिएको थियो। पाकिस्तानले पनि हिजोमात्र आफ्नो ६७ औँ स्वतन्त्रता दिवस मनाएको थियो। सन् १९४७ को अगस्ट १४ मा भारतबाट टुक्रिएर पाकिस्तान राष्ट्र बनेको थियो। बेलायती साम्राज्यको नियन्त्रणमा रहेको भारतले सन् १९४७ को अगष्ट १५ मा उक्त साम्रज्यबाट स्वतन्त्र भएको थियो।

प्रकाशित: ३१ श्रावण २०७० २०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App