मंगलबार रौतहट क्षेत्र नम्बर एकमा आफ्नो उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले गरिबी, अभाव र बेरोगजारीको समस्या भोगिरहेकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताए ।
नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलाली-४ मा मनोनयन दर्ता गरेका छन । विषम परिस्थितिमा भैरहेको निर्वाचनमा संविधानको रक्षा, समृद्धि र विकासका लागि जनताले एमालेलाई जिताउने भट्टले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर-१ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।