१५ वैशाख २०८१ शनिबार
image/svg+xml
giriraj baskota
गिरिराज बाँस्कोटा


  

गिरिराज बाँस्कोटाका लेखहरु :

तितेमाछा त्राण

खोलाछेउमा रहेको ढुङ्गामा प्लास्टिक ओछ्याएर माछा घोप्ट्याइयो। माछा देखेपछि रुङ्न गएकाहरू खुसी भएका देखिए। ‘पहिले गाँउभरि माछा नै माछा गनाउँथ्यो, अहिले एक धार्नी पार्दा पनि खुसी हुनुपर्‍या छ’ केदारनाथको भनाइ गजबकै थियो। तितेमाछा सानोसानो आकारको हुन्छ, खाँदा भने तितोतितो तर मिठो हुन्छ।

धारामा लेदोसहितको पानी, स्थानीय हैरान

आयोजना सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने आशा राखेका सदरमुकामबासी निराशमात्र भएका छैनन् दुषित पानीका कारण संक्रमण पनि बढ्न थालेको छ। नजिकमा रहेका धारामा पानी थाप्नेको भिड लाग्न थालेको छ।

अकबरे किसानलाई ‘फंगीसाइड र ढुसीको’ पिर

साविकको चिलिङदिन गाविसको वार्ड नं.– ४ बाहेकका गाँउका प्रायः घरमा अकबरे खुर्सानी खेती गरिएको छ। लहलह भएको खुर्सानीलाई हरेक बर्ष फंगिसाईट, ढुसि, जरा तथा डाठ कुहिने समस्याले सताउने गरेको किसानहरु बताँउछन्।

नुन बोक्ने बाटोमा गाडी सरर...!

हिलिहाङ गाउँपालिका अमरपुरका लक्ष्मीप्रसाद लिङदेनलाई धरान नुन बोक्न गएको सम्झना ताजै छ। गाउँबाट घिउ लिएर धरान पुगी नुन साटेर घर फर्कंदाको दुःखको सम्झना उनीसँग छ।

कोरोना उपचारका लागि झापादेखि पाँचथरसम्म

विएण्डसीमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको थियो। दुई दिन विएण्डसीमा उपचार गराएपछि सरल शुल्कमा कहाँ उपचार हुने हो भनेर खोजी गर्दा पाँचथर आइपुगेको बताउँछन् श्रेष्ठ।

कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकियो

ग्रेडिङ गरिएको आलु ठूलो साइजको हिउँदे प्रतिकेजी ४० र बर्खे प्रतिकेजी ४५ रूपैयाँ मूल्य निर्धारण गरिएको छ। गे्रडिङ गरिएको आलु सानो साइजकको बर्खे प्रतिकजी ४० र हिउँदे प्रतिकेजी ३५ निर्धारण गरिएको छ ।

सिलाम साक्मा

लिम्बु भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ दिने याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु बताउँछन्। उनका अनुसार ‘सि’को अर्थ मृत्यु, ‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ। यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ। प्रसिद्ध तङसिङ तक्मा अनुष्ठानसँग सिलाम साक्मा जोडिन्छ।

गाँउपालिकाले तोक्यो कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य

पाँचथरको मिक्लाजुङ गाँउपालिकाले कृषि उत्पादनको न्यूनत्तम समर्थन मूल्य तोकेको छ। कृषकको उत्पादनले राम्रो मूल्य नपाउँदा उत्पादन लागत समेत नउठ्ने बाध्यतालाई न्यूनीकरण गर्न पालिकाले न्यूनत्तम समर्थन मूल्य निर्धारण गरेको हो।

वन कार्यालयको पर्खाल भत्किएर पुरिएकी बालिकको मृत्यु

वन डिभिजन कार्यालय फिदिमको कार्यालय परिषरमा रहेको पर्खाल भत्किदा पुरिएर घाइते भएकी १४ वर्षीया बालिका सञ्जीता राईको उपचारको क्रममा निधन भएको छ। फिदिमको शनिबारे नजिकै डेरा गरी बस्ने राईलाई बुधबार राती पर्खालले पुरेको थियो।

बाढीले दुई दिनमा तीन जनालाई बगायो

दाहाल गाउँ भन्ने ठाउँबाट पौडी खेल्न गएका १६ वर्षीय लक्षण योङहाङ, १३ वर्षीय विपल योङहाङलाई कावेली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी जनाएको छ।

धानको ब्याड राख्ने बेला पानीको विवादले हत्या

पाँचथर सदरमुकाम फिदिम नजिकै जोरसालमा ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्यामा संलग्न व्याक्तिलाई प्रहरी पक्राउ गरेको छ ।

आईसियु सञ्चालन हल्ला मात्र

कोरोना भाईरसको दोश्रो लहर फैलिँदै गर्दा अस्थायी कोभिड अस्पताल पाँचथरमा आईसियु सेवा समेत सञ्चालन गर्ने भन्ने विषय अगाडी बढाईयो ।

कोरोना संक्रमणबाट ११ दिनकी सुत्केरीको निधन

पाँचथर– कोरोना संक्रमणका कारण पाँचथरको कुम्मायक गाँउपालीका–५ कि दश दिनकि सुत्केरी महिलाको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्थायी कोभिड अस्पतालमा पाँचथरमा उपचार हुन नसकेपछि उनलाई झापाको विर्ता सिटी अस्पताल लगिएको थियो ।

पहिरोले पुरिएर मृत्यु

सिँचाइ कुलो मर्मत गर्ने क्रममा पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्