coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वन कार्यालयको पर्खाल भत्किएर पुरिएकी बालिकको मृत्यु

भत्किएको वन कार्यालयको निर्माणाधीन पर्खाल । यहि पर्खाल भत्किदा पुरिएकी बालिकाको मृत्यु भएको हो । तस्बिरः गिरिराज/नागरिक

वन डिभिजन कार्यालय फिदिमको कार्यालय परिषरमा रहेको पर्खाल भत्किदा पुरिएर घाइते भएकी १४ वर्षीया बालिका सञ्जीता राईको उपचारको क्रममा निधन भएको छ। फिदिमको शनिबारे नजिकै डेरा गरी बस्ने राईलाई बुधबार राती पर्खालले पुरेको थियो। उनलाई शौचालयमा भएको बेला पर्खाल लडेर पुरेको थियो।

उद्वार गरी फिदिम स्थित समर्पीत अस्पतालमा लगिएकी बालिकाको उपचार सम्भव नभएपछि झापा स्थित विएण्डसी अस्पताल लगिएको थियो। बालिकाको शुक्रबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो। वन कार्यालयको निर्माणाधीन पर्खाल लडेको हो।  

दाजु बहिनी फिदिममा डेरा लिएर बस्दै आएका थिए। बुबाको केही वर्ष अगाडि नै निधन भएको थियो। आमा पनि वैदेशिक रोजगारीमा रहेकी छन्। आमा पनि कोरोनाका कारण कामविहीन बसिरहेको खवर प्राप्त भएको छ।

पुरानो पर्खालमाथि अर्को पर्खाल लगाइएको स्थानीयको आरोप छ। ‘हामी पाँच÷सात घर जोखिममा रहेका छौँ। वन कार्यालयको लापरबाहीका कारण यस्तो क्षति भयो’, स्थानीय धनबहादुर विश्वकर्माले भने, ‘त्यति राम्री नानीको मृत्यु भयो। यसरी काम नगर्नु भनेर दुई दिन काम पनि रोकेका थियौँ, कसैले सुनेन।’

बालिकाको मृत्यु भएपछि वन कार्यालयप्रति स्थानीय आक्रोषित भएका छन्। लिखित रुपमा अनुरोध गर्दा सुनुवाई नभएको उनीहरुको आरोप रहेको छ। ‘हामीले लिखित रुपमा जोखिम भएको भन्दै निवेदन दिँदा पनि सुनुवाई भएन’, स्थानीय डने तामाङले भने, ‘अझै निक्कै ठूलो जोखिम रहेको छ।’

प्रकाशित: २५ असार २०७८ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App