५ वैशाख २०८१ बुधबार
समाज

बाढीले दुई दिनमा तीन जनालाई बगायो

पाँचथरको याङ्वरकमा खोलाले दुई जनालाई बगाएपछि खोज्न खटिएको प्रहरीको टोली । तस्बिर: जिल्ला प्रहरी कार्यालय पाँचथर

पछिल्लो साता पाँचथरमा दुई जनालाई खोलाले बगाएको छ। बहाव बढेको खोलामा खेल्न जाँदा दुई दिनमा तीनजना बालबालिका बगाएको स्थानीयले बताएका छन्।  

खोलामा पौडी खेल्न जाँदा आइतबार याङवरक गाउँपालिका–४ को त्रिवेणी दोभानका दुई जनालाई बगाएको थियो। दाहाल गाउँ भन्ने ठाउँबाट पौडी खेल्न गएका १६ वर्षीय लक्षण योङहाङ, १३ वर्षीय विपल योङहाङलाई कावेली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी जनाएको छ।  

उनीहरु साथीहरुसँग खेल्न गएका थिए। खोलाले बगाएसँगै उनीहरु बेपत्ता भएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिए पनि उनीहरुलाई अवस्था अझै अज्ञात रहेको छ।

मंगलबार कुम्मायक गाउँपालिका–३ कि आठ वर्षीया करिष्मा सम्बाहाम्फेलाई तमोर नदीले बगाएको थियो। पाँचथरका प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार बगेकी सम्बाहाफे बुधबार राती सिम्राह पुल नजिकै मृत अवस्थामा फेला परेकी थिइन्।  

प्रकाशित: २४ असार २०७८ १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App