१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना उपचारका लागि झापादेखि पाँचथरसम्म

देउमाई नगरपालीकाका दुर्गाबहादुर श्रेष्ठ झापाको विर्तामोडमा रहेको विएण्डसी अस्पतालमा उपचाररत रहँदारहँदै पाँचथर आए। कोरोना भाइरसको संक्रमण देखिएपछि विएण्डसीमा उपचार गराउन थालेका उनी खर्च धेरै हुने देखेर पाँचथर आएर उपचार गराएको बताउँछन्।  

विएण्डसीमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको थियो। दुई दिन विएण्डसीमा उपचार गराएपछि सरल शुल्कमा कहाँ उपचार हुने हो भनेर खोजी गर्दा पाँचथर आइपुगेको बताउँछन् श्रेष्ठ। ‘ज्वरो आएर घरमा दुई दिन सुतँे। चेकजाँचका लागि इलाम अस्पताल गएको थिए। एक्सरे गरेर झापा रिफर गरिदियो। विएण्डसी गएर उपचार गराएँ। परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। दुई दिन उपचार गराएँ। डेढ लाख खर्च भयो। खर्चले धान्न नसक्ने भएपछि पाँचथर अस्पताल आएँ,’ श्रेष्ठले भने, ‘सात दिन पाँचथर अस्पतालमा उपचार गराएर घर फर्किएको छु। पाँचथर अस्पतालमा खासै खर्च भएन।’

विएण्डसी पुगेका उनी एम्बुलेन्समा पाँचथर आएका थिए। इलामले सुरुमै रिफर गरेकाले त्यहाँ ननिस्की पाँचथर आएको उनले सुनाए। थोरै बिरामी भएर हो कि स्वास्थ्यकर्मीले राम्रो हेरचार गरेको अनुभव भएको उनले सुनाए।

उनीजस्तै सोही गाँउपालिकका उनका दुई आफन्त अस्थायी कोभिड अस्पताल पाँचथरमा आएर उपचार गराइ रहेका छन्। उनीसँगै सोही गाँउपालिकाका अर्का एकजनाको पनि यही अस्पतालमा उपचार भइरहेको छ। खर्च धान्न नसक्ने ठानेर झापा नगई पाँचथर अस्पताल आएको उनको भनाइ छ । तीनैजना आफन्तको पाँचथर अस्पताल ल्याएर उपचार गराएको कुरुवा अनिल श्रेष्ठले जानकारी दिए। दुई जना डिस्चार्ज भएको र एकजना बाँकी रहेको उनले बताए।  

पाँचथर अस्पताल १५ शय्या स्वीकृत अस्पताल हो भने इलाम ५० शय्याको हो। यहाँ एचडियुमा कोरोना संक्रमितको उपचार हुने गरेको छ। लेभल दुईको उपचार यहाँ हुने पाँचथर अस्पतालको मेडीकल सुपरिटेण्डेन डा. वुद्धिबहादुर थापाले जानकारी दिए। ‘हामी एचडियुमा कोरोना संक्रमित  २० जनाको उपचार गर्न सक्छौँ। लेभल तीनका बिरामी भने रेफर गर्नुपर्छ’ थापाले भने, ‘सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेका छौँ।’

प्रकाशित: २७ श्रावण २०७८ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App