धर्मगुरु आत्मानन्दको जन्मदिनमा
आत्माविज्ञानले आत्मानन्दको वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणित भएर धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो।
आत्माविज्ञानले आत्मानन्दको वैज्ञानिक परीक्षण गरियो भने किराँत कुलवंशमा पनि ऋषि–महाऋषि त्रिकालज्ञ युगपुरुषहरू माङअवतार भएको प्रमाणित भएर धार्मिक–आध्यात्मिक वाङ्मयमा विशाल ज्ञानको भूकम्प जाने थियो।
एकपटक स्वर्गद्वारी प्युठानका गौमाताहरू नुन खान नपाएर कराएको सुनेपछि उहाँहरूलाई नुन खुवाउन लिम्बुवानमा चामल भए एक माना, पैसा भए एक आना अर्थात् ‘आनामाना’ चन्दा संकलन गरियो। उक्त चन्दा सङ्कलन फाल्गुनन्दको सक्रियतामा भएको थियो।
पिता जगनबाज, माता हंसमति बेघाका साहिँला सुपुत्रका रूपमा जन्मान्तरण भयो। सुत्केरी आमाको स्तनमा खटिरा निस्केकाले जन्मदिने माताको दुध खानपिउन नपाएका नवशिशुलाई कालो बाख्राको दुध खुवाउँदै हुर्काउने र पालनपोषण गर्ने काम भयो।
फाल्गुनन्दको स्वयं पनाति आत्मानन्द दुवै युग पुरुषहरू एक सिक्काका दुई पाटा, किरात धर्म दर्शनका दुई अवतार सिद्ध भइसकेको छ।
महागुरुको मूल ज्ञानदर्शन विश्वशान्ति र मानव एकता हो। मानिसको २ जातमात्र स्त्री+पुरुष, यसमा पनि लैंगिक भेदबाहेक अन्य हक अधिकारमा विभेद छैन।
माङसेबुङ–५ निजी निवासको रेखदेख, नियन्त्रण तथा पशुपक्षी पालन, कृषि औजार, खेतीपाती गृहाश्रम गुरुआमाको जिम्मेवारीमा र किरात धर्मको मठमन्दिर संगठन आदि धर्मशास्त्र मुन्धुमहरू धर्मगुरु आत्मानन्द लिङ्देनबाट संरक्षण रहँदै आयो। उनीहरूबाट ६ छोरा र ६ छोरीको जन्म भयो।
‘बोन’ धर्मलाई संकटकालीन अवस्थाबाट बचाउने युगपुरुष फाल्गुनन्द मुक्तिदाता, चेतनादाता, ज्ञानदाता र मोक्षदाताका रूपमा पूज्य छन्।
ताप्लेजुङ, फुङलिङको गलेश्वर शिवालय मन्दिरमा आयोजित ‘विश्व शान्ति श्रीमद्भागवत ज्ञान महायज्ञ’मा फागुन १४ गते धार्मिक प्रवचनको संयोग मिल्यो। प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा प्यूठान, स्वर्गद्वारीका फलहारी बाबा लोकनाथ कश्यप, मेरी श्रीमती रत्नमाया, कान्छा सुपुत्र नोबाहाङ समेत थियौं कार्यक्रममा।
ब्रह्माण्डको एउटा सानो अण्डारुपी पिण्ड हो पृथ्वी, जसलाई हामी धरती माता भन्छौँ, यो भूमि वा भूलोकमा भगवानरुपी ईश्वरीय दूतहरू आउने जाने क्रमिक चक्रलाई मुन्धुमी भाषामा:
मुहिगुम अङसीमाङ आत्मानन्द लिङदेन महागुरु फाल्गुनन्दको पुनवतार हुन भनी किरात धर्ममा पूज्यनीय मानिन्छ। दर्शन दृष्टिकोणले किरात धर्म दर्शन अवतारवादमा विश्वास गर्छ, अवतारवादी हुनाले आत्मावादि र नआत्मावादी अर्थ नै परमात्मावाद हो।