बलिउड अभिनेता सोनु सुद भोटेकोशी बाढी प्रभावित क्षेत्र त्रिशूली किनार पुगेका छन्।
मंगलबार मात्र नेपाल आएका उनले त्रिशूली नदी किनारबाट बुधबार सामाजिक सञ्जालमा सन्देश दिँदै उनले बाढीले घर, परिवार र मानिसको जीवनमा ठुलो क्षति पुर्याएको बताएका हुन्। एक्समा उनले भनेका छन्, ‘नेपाल एक्लो छैन। म नेपाली जनतासँग छु। आशा जगाउन, घर पुनर्निर्माण गर्न र परिवारलाई फेरि नयाँ सुरुवात गर्न सक्दो सहयोग गर्नेछु।’
नेपाल आएपछि पनि उनले बाढीका कारण घर, परिवार गुमाएकालाई नयाँ सुरुवातका लागि सहयोग गर्ने बताएका थिए। गत साता बाढी आए लगत्तै पनि उनले ‘नेपाल एक्लो छैन। हामी खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्न आउँदैछौं’ भन्ने सन्देश दिएका थिए।
प्रकाशित: १७ भाद्र २०८३ १४:४७ बुधबार


-600x400.jpg)


-600x400.jpg)