१७ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

फाइल तस्बिर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन्।

पतञ्जली योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उनले  योगको महत्व र  प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिए।

मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

मानसिक शान्ति, अनुशासन र सकारात्मक सोच विकासमा योगको महत्वपूर्ण योगदान रहने जनाउँदै उहाँले योगलाइ नागरिकको दैनिक जीवनसँग जोड्दै ‘सबैका लागि योग’ अभियानलाई प्रदेश सरकारले  प्राथमिकतासाथ अघि बढाउने प्रतिबद्धता जनाए। रासस

प्रकाशित: १७ भाद्र २०८३ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App