१७ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

तास्मानियाविरुद्ध नेपाल 'ए' १९२ रनमा अलआउट

फाइल तस्बिर

तास्मानियाविरुद्धको खेलमा नेपाल 'ए' १९२ रनमा अलआउट भएको छ। नेपाल 'ए' ले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनाएको हो।

नेपाल 'ए' का लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। उनले ६३ बलमा ३ चौका र १ छक्कासहित उक्त स्कोर बनाए। मायन यादवले ३२ तथा कुशल मल्लले २९ रन जोडे। दीपक डुम्रेले १८ रन बनाउँदा पवन सर्राफ २२ रनमा अविजित रहे। लोकेश बमले ११ रनको योगदान दिए।

तास्मानियाका बिली स्टानलेकले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। विल प्रेस्टविज र राफ म्याकमिलनले समान २ विकेट लिए भने लाचलान क्लार्कले एक विकेट लिए।

नेपाल 'ए' ले दिएको १९३ रनको लक्ष्य अब तास्मानियाले पछ्याउनेछ।

प्रकाशित: १७ भाद्र २०८३ १०:२६ बुधबार