पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले रसुवामा आएको बाढीपछि सांसदहरूले सार्वजनिक गरिरहेका आवश्यक तथा प्रमाणित राहत सामग्री संघीय सरकारले विपद् कोष प्रयोग गरेर तत्काल खरिद गर्नुपर्ने बताएकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत विपद् कोषको उद्देश्य नै विपद्का बेला आवश्यक सामग्री तत्काल उपलब्ध गराउनु भएकाले सामान्य सार्वजनिक खरिद प्रक्रियाजस्तो लामो प्रक्रिया अपनाउन नहुने बताएकी हुन्।
उनले विपद् कोषको नामले सामान्य सार्वजनिक खरिद प्रक्रियाभन्दा फरक हुनुपर्ने भन्दै आवश्यक सामग्री न्यूनतम बोलपत्र वा सबैभन्दा कम मूल्य खोज्ने प्रक्रियामा अल्झिन नहुने बताएकी छन्।
साथै एकद्वार नीतिअन्तर्गत अन्य माध्यमबाट कोष संकलन गर्न रोक लगाइएको र कोष संकलनलाई प्रधानमन्त्री कोषतर्फ निर्देशित गरेको बताउँदै जनताले प्रधानमन्त्री कोषप्रति देखाएको विश्वास सकारात्मक रहेको उनको भनाइ छ।
प्रकाशित: १७ भाद्र २०८३ १०:५४ बुधबार

