साहित्यमा योगदान पुर्याएको मूल्यांकन गर्दै साहित्यकार लक्ष्मी रायमाझी खड्कालाई सम्मान गरिएको छ।
नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको ४७ औँ शृङ्खलाका अवसरमा दाहाल प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो।
कार्यक्रममा भूपाल अधिकारीले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेका थिए। सोही अवसरमा प्रवीण जोशीकाे सम्पादनमा प्रकाशित २२३ औँ ‘शृङ्खला’ चारुसङ्ग्रहको लाेकार्पण समेत गरिएको थियो।
साकोस साहित्य संस्था विराटनगर शाखाकी अध्यक्ष मञ्जु घिमिरे (दाहाल) को अध्यक्षतामा भएको कार्यक्रममा चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष गंगा सुवेदी प्रमुख अतिथि थिइन्। अग्रज साहित्यकार बलराम पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल विशिष्ट अतिथि थिए।
चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल र साहित्यकार लक्ष्मी रायमाझी खड्का विशेष अतिथिका रूपमा सहभागी थिए।
संस्थाका सचिव सुजाता राईले सञ्चालन गरेकाे कार्यक्रममा नारी संस्था समाजकी अध्यक्ष ममता मृदुल, दाहाल प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहाल, केन्द्रीय सदस्य मोहनप्रसाद दाहाल, अग्रज साहित्यकार श्रीप्रसाद पोखरेल, सुरेन्द्र दाहाल, गोपाल निर्भिक, जयन्ता प्रधानाङ्ग, सुरेश अग्रवाल, भूपाल अधिकारी,राकेश दाहाल, अंशु गुप्ता लगायतको उपस्थिति थियो।
प्रकाशित: १९ आश्विन २०८३ ०८:४६ सोमबार





