कलाकार दीपकराज गिरीले गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको अभियानको प्रशंसा गरेका छन्।
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्बिर, नाम र फेसबुक आइडी सार्वजनिक गरिरहेका चौहान र अधिकारीको यो अभियानलाई साथ दिँदै दीपकले उनीहरूको प्रशंसा गरेका हुन्।
दीपकले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै यो अभियानका लागि शुभकामना समेत व्यक्त गरेका छन्।
उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अश्लील कमेन्ट गर्नेविरुद्ध एकजुट भएर सामना गर्नुपर्ने पनि दीपकले बताएका छन्।
यस्तो उनको स्टाटस:
यी दुइटै गायिका मलाई मन पर्ने गायिका हुन् !
त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सुरुदेखि उनको साहसको पनि प्रशसक हूँ!
सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर
उनले परिस्थिति संग घूंडा टेकिनन् र लड्दै आइन्
त्यस्कै फलस्वरूप आज यहाँ पुगिन्!
सामाजिक संजाल कस्तो छ?
आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ …..
पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन , चरित्र खराव,
देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ….
आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने
देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा भन्ने !
जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि गाली गलौच गर्यो अनेकथरि लान्छना लगायो बस्यो!
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायक?
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न?
को चाहन्छ खराब होस , तर भैदिन सक्छ कहिलेकाहि!
को छ यहॉ कमजोरी बिहिन मान्छे ?
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
आफ्ना प्रतिष्पर्धीलाइ कामले जित्न सकिन्न गालि गरेर भएपनि हतोत्साहित बनाउनुपर्छ भन्ने छ!
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिशहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्ने? सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरि ?
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरू लाइ
तिमिहरूले सामाजिक संजालमै उनीहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनीय छ ! दूबै जनालाइ शुभकामना ! जय नेपाल !
प्रकाशित: १३ असार २०८२ १२:२४ शुक्रबार





