६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

फ्लाई नेपाले गर्‍यो 'अब हाँस्छ अमेरिका २'का कलाकारसँगको सम्झौता रद्द

फ्लाई नेपाले विभिन्न विधाका कलाकारसँगको सहकार्यमा अमेरिकाका विभिन्न सहरमा विविध कार्यक्रम गर्दै आएको छ।

फ्लाई नेपाले सन् २०२४ मा 'अब हाँस्छ अमेरिका' र 'अब नाच्छ अमेरिका' गरी दुइटा कार्यक्रम सफलतापूर्वक आयोजना गरिसकेको छ। यसैबीच नेपाले 'अब हाँस्छ अमेरिका २' का कलाकारसँगको सम्झौता रद्द गरेको छ।

'अब हाँस्छ अमेरिका २' का लागि सम्झौता गरिएका कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठको फ्लाई नेपासँगको सम्झौता रद्द गरिएको हो। उनीहरूले उस्तै प्रकृतिको अर्को कार्यक्रमका लागि अमेरिका आउने सम्झौता गरेपछि कलाकारहरूसँग सम्झौता रद्द गरिएको नेपाका प्रमुख कार्यकारी अधिकृत विनोद अधिकारीले जानकारी दिए।

उनले आज एक विज्ञप्ति जारी गर्दै भने, 'कलाकारको स्वनिर्णयको अधिकारलाई सम्मान गर्दै 'अब हाँस्छ अमेरिका २' का लागि सम्झौता गरेका कलाकार बिक्की अग्रवाल, विकास अर्याल, सुन्दर खनाल, पवन खतिवडा, मिस पवी, सुजिता श्रेष्ठको फ्लाई नेपासँगको सम्झौता यही मितिबाट रद्द गरिएको जानकारी गराउन चाहान्छौँ।'

उनले फ्लाई नेपासँग कार्यक्रमका लागि सम्झौता गरिसकेको अवस्थामा उस्तै प्रकृतिको कार्यक्रमका लागि सम्झौता गर्नुलाई कलाकारको व्यावसायिक धर्म प्रतिकूल आचरणको रूपमा बुझेको बताए।

प्रकाशित: २ असार २०८२ १२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App