७ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘पिताम्बर’ टीमले मनायो ५१ दिन

गत चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ बिहीबार ५१ दिन मनाएको छ। यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योति, बिएसआर र बीग मुभिजमा ५१ दिन मनाएको हो। निर्माण पक्षले फिल्मको एकाउन्न दिन मनाउँदै ‘पिताम्बर २’ को घोषणा समेत गरेको छ।

बिहीबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच फिल्मले ५१ दिन मनाएपछि कलाकार र प्राविधिकलाई सम्मान गरेको छ। यो खुशीयालीमा सम्मानपत्र दिंदै सोही समारोह मार्फत दोस्रो श्रृंखला ल्याउने निर्माण पक्षले घोषणा गरेकाे छ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सहनिर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

सोही क्रममा फिल्म निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज पिताम्बरले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइन्। यो सफलतामा निकै उत्साहित रहेकी कृषाले अबको फिल्ममा कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा झन् राम्रो फिल्म दर्शकलाई दिने बताइन्।

उनले भनिन्, ‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’ केही दिनअघि जापानमा समेत बेस्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐचोपैचो’ हो। जुन समीक्षात्मक रूपमा सफल देखिन्थ्यो।

यस फिल्ममा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App