८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

गोविन्दको गौतमको ‘परी’ फिल्मको शुभ मुहुर्त

गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’ को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो।

मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो।

मुर्हुत कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए। ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौं। जति डिरेक्टर साप गौतमले गर्नुभएको छ।’

दीपाश्री निरौलाले सबैले स्क्रिप्ट पक्षमा मेहनत गर्ने बताइन्। उनले पनि फिल्मको कथा मन परेकै कारण फिल्ममा काम गर्न राजी भएको बताइन्।

‘हामीले मात्र होइन सबै पक्षले नै स्क्रिप्टमा मेहनत गरे फिल्म बाहु भन्ने बन्छ। फिल्म बाहु भएपछि दिनानुदिन निर्माताहरू थपिनुहुन्छ र राम्रो राम्रो प्रोडक्ट पनि थपिन्छ। त्यसका लागि सबैले मेहनत गर्नुपर्छ, हामीले मात्र होइन। यो फिल्मको स्क्रिप्टमा निर्देशक गौतम साबले धेरै मेहनत गर्नुभएको छ। त्यसैले खेल्न राजी भए।’

यस फिल्ममा किरण र दीपा बाहेक अन्यमा प्रियंका कार्की, निदेश डिसी, दिग विजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलाको अभिनय रहने छ।

निर्देशक गौतमले यो फिल्मको छायांकन यहि जेठ २८/२९ गतेबाट थाल्ने योजना बताए। दोलखा र तनहुँ आसपासमा छायांकनको तयारी थालिएको उनको भनाइ छ। हामीले कल्पना गरेका परीको कथालाई नै आधार मानेर कथाले भन्नेछ।

बाबु श्रेष्ठको छायांकन रहने यस फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ। फिल्ममा रोशन श्रेष्ठ, संगीत दीपक शर्मा र विकास चौधरीको द्वन्द्व छ। त्यस्तै गायन डाक्टर खेम क्षेत्री, रचना रिमाल र डाक्टर महेन्द्र भट्टको छ। गीत आनन्द अधिकारीको छ।

मेकअप सरोज पाण्डे, केश विन्यास, प्रिया कार्कीको रहने यस फिल्ममा प्रोजेक्ट म्यानेजर सुवास काफ्लेको छ। यसकाे मुख्य सहायक निर्देशकको जिम्मा चन्द्र भण्डारीले लिएका छन्।

प्रकाशित: १६ जेष्ठ २०८२ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App