७ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘लघुकथामा बहस अध्याय-३’ मा लघुकथाकार रमेन्द्र कोइराला

‘नारी स्रष्टा समाज नेपाल’ ले ‘लघुकथामा बहस अध्याय-३’ मा लघुकथाकार रमेन्द्र कोइरालालाई प्रस्तुत गरेकाे छ।

सर्वनाम थिएटर कालिकास्थान काठमाडौंमा लघुकथामा बहसमा लघुकथा र ममता मृदुलसँग इनरुवा-९ बबियाका लघुकथाकार कोइरालाका कथाहरूकाे व्यापक बहस र वाचन भएकाे छ।

वरिष्ठ नाट्यगुरू अशेष मल्लकाे प्रमुख आतिथ्य तथा वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, लघुकथा समाज नेपालका संस्थापक तथा स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइराला र सिर्जना अभियानका अध्यक्ष ध्रुव मधिकर्मीकाे विशिष्ट आतिथ्यमा कार्यक्रम भएकाे हाे।

उनीहरूले लघुकथाको सैद्धान्तिक पक्ष र लघुकथाको वर्तमान अवस्थाबारे विश्लेषण गरिएकाे थियाे। साथै यो बहस कार्यक्रमले लघुकथाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको चर्चा गरेका थिए।

लघुकथा समाजका उपाध्यक्ष तुलसीहरि कोइरालाले रमेन्द्र कोइरालाको व्यक्तित्व र लघुकथाकारिताकाे चर्चा गरेका थिए।

लघुकथाकार पिपि कोइरालाले जेठो दाइ रमेन्द्रको संघर्ष, पारिवारको कठोर जिम्मेवारी निर्वाह गर्दै पनि प्रगति गरेको आदि चर्चा गरेका थिए।

कथाकार कोइराला र उनका कथाकृतिहरूलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा लाेकप्रिय नाट्यकर्मी भरत गुरागाई बर्बरिकले कथाकार काेइरालाले "कपाल" लघुकथाकाे कलात्मक अभिनय गरेका थिए।

उक्त कार्यक्रम नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलले चलाएकाे कार्यक्रममा विभिन्न भूमिका निर्वाह गर्ने र रमेन्द्र कोइरालाको "फाटेको चप्पल ", "जडौरी "र "डोरी "लघुकथासङ्ग्रहकाे केही लघुकथा वाचन गरिएकाे थियाे।

वाचन गर्ने अतिथि लघुकथाकारहरूदिव्य गिरी, धन्वन्तरी मिश्र कात्यायन, रोशन पराजुली, दीपक लोहनी, पिपी कोइराला, ध्रुवराज थापा पुरुष, मन्दिरा मधुश्री, तारा केसी, रन्जु खनाल, एन्जल निलु, शान्ता तिम्सिना, प्रार्थना खनाल, रामकुमार पण्डित, छोरा आकाश कोइराला, ललिता दोषी, साहित्यकार विक्रमभक्त जोशी आदि रहेका थियाे।

प्रकाशित: २ जेष्ठ २०८२ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App