२४ पुस २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

स्रष्टा बलराम पोखरेलको पन्ध्राैं कृति ‘आत्मवृत्तान्त जीवनी’ लोकार्पण

नेपाल स्रष्टा समाज कोशी प्रदेशले वरिष्ठ साहित्यकार बलराम पोखरेलको पन्ध्राै कृति ‘आत्मवृत्तान्त जीवनी’ को लोकार्पण गरेको छ। विराटनगर- ४, गोग्राहा चोकस्थित खोटाङ सामाजिक सेवा मञ्चको सभा हलमा नेपाल स्रष्टा समाज कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ काे अध्यक्षता र प्राडा खगेन्द्र आचार्यको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो।

कार्यक्रममा प्राज्ञ नारायणप्रसाद आचार्य, प्राज्ञ खेम नेपाली, प्राध्यापक कविराज न्यौपाने, लेखनाथ घिमिरे, दिनेशराज सुवेदी, हरि कट्टेल, भरत गुरागाई बर्बरिक लगायतका विशिष्ट लेखक तथा स्रष्टाहरूको गरिमामयुक्त उपस्थिति रहेको थियो।

बाबुराम पोखरेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा लोकार्पित कृतिमाथि समीक्षक प्राडा हरिहर भण्डारीको टिप्पणी रहेको थियो। यस कृतिमा स्वअनुभूतिजन्य खुराकहरूका साथमा दार्शनिक चिन्तन मिश्रित भएको समीक्षक हरिहर भण्डारीले बताए।

साहित्यकार लक्ष्मी पोखरेलले सञ्चालन गरेकाे कार्यक्रममा प्राज्ञ नारायणप्रसाद आचार्य, प्राज्ञ खेम नेपाली, प्राध्यापक कविराज न्यौपाने, लेखनाथ घिमिरे, प्राडा रमेश घिमिरे, प्राडा मेदिनी शर्मा, दिनेशराज सुवेदी, हरि कट्टेल, भरत गुरागाई बर्बरिक, डा हेमसागर रिमाल, श्रीप्रसाद पोखरेल, प्रतिमा खतिवडाको शुभकामना मन्तव्य रहेको थियो। 

१९९७ साल पुस २६ गते साविकको खार्पा, खोटाङ (हालको रावाबेँसी गाउँपालिका) मा जन्म भई पछिल्लो समय विराटनगर प्रताप मार्गमा स्थायी बसोबास गरिरहेका पोखरेलका यसअघि विभिन्न विधाका १४ साहित्यिक कृति प्रकाशित छन्। यो १५ औँ कृति आफैँले लेखेको आफ्नो जीवनी भएको हुँदा यथार्थ र तथ्यपरक रहेको छ।

प्रकाशित: १४ वैशाख २०८२ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App