१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपासँग छुट्टिएपछि उनेपा फुट्याे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भंग भएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी(उनेपा) पनि सङ्लो नरहने भएको छ। पार्टी एकता भंग भएपछि उनेपामा दोस्रो वरियतामा रहेका डा. तारा जोशीलगायत नेताहरू अलग्गै छलफलमा जुटेका छन्। उनीहरू रास्वपासँगको एकतामै रहने वा के गर्ने भन्ने फरक छलफलमा जुटेको स्रोतले बतायो। 

रास्वपासँग एकता भंग भएपछि कुलमानले आफू अध्यक्ष बन्नेगरी तयारी थालिसकेका छन्। उनले शनिवार साँझ ६ बजे पत्रकार सम्मेलन गर्ने तयारी छ। उता नेता जोशीको नेतृत्वमा उनेपाकै केही सदस्यहरू भने अलग्गै छलफलमा जुटेका छन्। 

‘पार्टी एकता भइसकेको छ। हामी धेरैजसो सदस्य एकताको पक्षमा रहने वा के गर्ने भन्ने विषयमा घनिभूत छलफलमा छौँ,’ उनेपाकै एक सदस्यले भने। रास्वपामा नरहने पनि उनीहरू उनेपामा भने नफर्किने मनसायमा पुगेका छन्। 

उनेपाले ५१ सदस्यीय केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा बुझाएको छ। स्रोतका अनुसार करिब २० देखि २२ जना केन्द्रीय सदस्य सकेसम्म रास्वपामै रहने र नभए पनि उनेपामा नफर्किनेमा पुगेका छन्।  

उनेपामा दोस्रो वरियताका नेता रहेका जोशीलाई रास्वपाका नेताहरूले पनि रोक्न जोड बल गरिरहेका छन्। उनी सुदूरपश्चिम प्रदेश सभाका सांसद पनि हुन्। २०७९ को प्रदेश सभा निर्वाचनमा उनी डडेलधुराबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका थिए। 

प्रकाशित: २६ पुस २०८२ १७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App