१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

गीतकार चन्द्र जयपाल राईले ल्याए ‘हेलो हाई नमस्कार’

गीतकार चन्द्र जयपाल राईले ‘हेलो हाई नमस्कार’ गीत ल्याएका छन्। डि आर अटुको संगीतमा रहेको उक्त ‘हेलो हाई नमस्कार’ गीतमा गायक मेनुका राईले मीठाे स्वर दिएकी छन्।

उक्त डान्सिङ गीतमा गीतकार राईले मायापिरतीको भाव समेटेका छन्। गीतमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, राकेश दाहालको सम्पादन, जसबहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी छ। गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ छ।

यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष ) र तिमी मेरो सुम्निमा (महिला) र रित्तो जन्मे रित्तो जान्छु गीत बजारमा आइसकेकाे छ।

सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन्।  

प्रकाशित: २७ चैत्र २०८१ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App