२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कठ्यांग्रिएका जनताको उद्धारमा खटिन सरकारलाई दाहालको आग्रह

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशभर बढेको चिसो, तराईको शीतलहर र हिमाली क्षेत्रको हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बिहीबार एक अपिल जारी गर्दै संयोजक दाहालले प्रतिकूल मौसमको मारमा सबैभन्दा बढी समाजका गरीब तथा सीमान्तीकृत वर्ग परेको भन्दै उनीहरूको उद्धार र राहतमा जुट्न सरकार समक्ष आग्रह गरेका हुन्।

संयोजक दाहालले चिसोका कारण कुनै पनि मानवीय क्षति हुन नदिन र स्वास्थ्य समस्या आउन नदिन तीनवटै तहका सरकारसँग विशेष आग्रह गरे। उनले विपन्न नागरिकलाई तत्काल सहयोग पुर्‍याउन र आवश्यक ‘प्रतिकार्य’ का लागि सरकारको ध्यानाकर्षण गराए।

दाहालले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत वितरण लगायतका कार्यहरूलाई प्रभावकारी बनाउन आफ्नो पार्टीका सम्पूर्ण सम्बन्धित समितिहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित: १० पुस २०८२ २०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App