२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

रौतहटमा रास्वपाका गणेश पौडेल विजयी

रौतहट क्षेत्र नम्बर ४ मा रास्वपाका गणेश पौडेल विजयी भएका छन्। पौडेलले ३६ हजार ८७६ मत प्राप्त गरी विजय हासिल गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना १५ हजार ८६५ मत ल्याएर दोस्रो मत हासिल गरेका छन्। तेस्रो स्थानमा नेकपाका रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर ४ मा तिमल्सिना २०७४ र २०७९ सालको प्रतिनिधि सभामा निर्वाचित भएका थिए। तर यसपटकको रास्वपाको माहौलले तिमल्सिनालाई ह्याट्रिक हुनबाट रोकेको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App