२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

डाइनामिक स्केटिङ प्रतियोगिता शनिबार

डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ।

प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेरसमूहमा करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय तथा सहयोगमा हुन लागेको प्रतियोगिता पाराग्वेमा अक्टोबरमा हुने रोलर डर्बी वल्र्ड स्केटको छनोटका रुपमा समेत रहेको संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जानकारी दिए।

अध्यक्ष खनालले शनिबारै वल्र्ड स्केटका लागि राष्ट्रिय टोलीको पनि छुट्टै छनोट प्रतिस्पर्धा हुनेछ। एकदिने प्रतियोगिताका खेलहरू भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुलमा खेलाइने छ।

प्रकाशित: २७ फाल्गुन २०८२ ०६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App