साहित्यिक पत्रकार संघले आयोजना गरेको ‘क्याम्पस स्तरीय प्रथम निबन्ध प्रतियोगिता - २०८१’ नतिजा सार्वजनिक गरेको छ।
संघले विश्वव्यापी खुला ‘आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१’ मा दिपन अधिकारी प्रथम भएको घोषण गरिएको छ। उनको ‘म नेपाली, मेरो नेपाल’ शीर्षकको निबन्ध रहेको छ।
यसैगरी ‘आँखाअघि देशको चित्र’ निबन्धबाट विपिन ढकाल दोस्रो र ‘एक अँजुली माया देशको लागि’ निबन्धबाट नीराजन ढकाल तेस्रो भएका छन्।
उक्त निर्णय साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो।
विजयी हुने प्रथमलाई नगद प्रथम ३० हजार, दोस्राेलाई २० हजार र तेस्रालाई १० रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने व्यवस्था रहेको छ।
अन्य सहभागीमध्ये उत्कृष्ट सात प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिने व्यवस्था छ।
प्रतियोगिताको छनौट सिफारिस समितिमा वरिष्ठ समालोचकहरू प्रमोद प्रधान, प्राडा गोविन्दमान सिंह कार्की र डा. शान्तिमाया गिरी थिए।
निबन्धको विषय देशप्रेमबारे चेतना जगाउने खालको हुनुपर्ने जनाइएको थियो।प्रतियोगितामा समावेश उत्कृष्ट सात निबन्धको सङ्ग्रह प्रकाशित गरिने भएको छ। उत्कृष्ट अन्य सातमध्ये सुनिता अधिकारी, प्रकाश नेपाली, खिना सारु र सुशील पौडेल छन्।
पुरस्कारका लागि आर्थिक व्यवस्थापन समाजसेवी सपना राउत (अस्टिन, अमेरिका) ले गरेका छन्।
प्रकाशित: २५ फाल्गुन २०८१ १३:२६ आइतबार




-600x400.jpg)
