राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक चैत १२ गते दिउँसो ४ बजे बस्ने भएको छ। पार्टी सभापतिको निर्देशनअनुसार पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा दिनको ४ः०० बजे बस्ने पार्टीले जनाएको छ।
उक्त बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकको कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय मुख्य रूपमा छलफल हुने बताइएको छ। साथै, विविध शीर्षकअन्तर्गत अन्य समसामयिक विषयहरूमा पनि छलफल गरिने पार्टीले जनाएको छ।
प्रकाशित: १० चैत्र २०८२ ०७:१६ मंगलबार





