अखिल नेपाल फुटबल संघ (एन्फा)ले साधारण सभा तथा निर्वाचनका कारण आजबाट एन्फाको केन्द्रीय कार्यालय बन्द हुने जनाएको छ।
मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यालय आजदेखि बन्द हुने जानकारी गराएको हो। ‘अखिल नेपाल फुटबल संघ (एन्फा)को मिति २०८२ चैत १३ गते झापामा हुने साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि मिति २०८२ चैत १० गतेदेखि केन्द्रीय कार्यालय बन्द हुने’ उक्त विज्ञप्तिमा बताइएको छ।
एन्फाले चार वर्ष कार्यकाल पूरा नगरी चुनाव गर्न लागेको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको सो कार्यसमितिको कार्यकाल असार ५ मा सकिँदैछ।

प्रकाशित: १० चैत्र २०८२ ११:५९ मंगलबार





