७ माघ २०८२ बुधबार
image/svg+xml
कला

साहित्यिक पत्रकार संघका अध्यक्ष लेकाली सम्मानित

माउन्ट ग्लोरी इन्टरनेसनल बोडिङ हाईस्कुल, बसुन्धरा, काठमाडौंले अनेसासका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेकाे छ।

नेपाली साहित्य सिर्जना र संस्थागत योगदानका लागि सो सम्मान प्रदान गरिएको हो। लेकालीलाई सो सम्मान पूर्व राजदूत एवं पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले प्रदान गरेका हुन्।

राष्ट्रिय नाचघरमा आयोजित स्कुलको वार्षिक अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमक प्रस्तुत गरेका थिए।

स्कुलका प्रमुख गणेश श्रेष्ठले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, लात्भियाका लागि अवैतनिक वाणिज्यदूत करण वैद्य, डा. गरिमा श्रेष्ठ, समाजसेवी लक्ष्मी शर्मा, सर्जक जीवन श्रेष्ठ तथा विभिन्न स्कुलका प्रमुख लगायत अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित: ३ फाल्गुन २०८१ १३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App