ठमेलस्थित नाटक 'भट्टी टेल्स' को सेलिब्रेसन क्लब टेन एक्समा सम्पन्न भएको छ।
ओस्कार इन्टर नेसनल फिल्म कलेज सुकेधाराको साधना घर थिएटरमा नाटक मञ्चन भएको थियो। पुस १६ देखि माघ ३ गते सम्म मञ्चन भएको नाटकको लेखन निर्देशन जेम्स ढकालले गरेका हुन।
कलाकारहरु सुदाम सी के , वेदना राई , रुपेश लामा , गणेश प्रसाद पौडेल, गुड्डू , ऋषिकेश बस्याल , तुफान थापा , सुबर्त राज सिलवाल, थार्छेन , सुदिप , प्रकृति, प्राञ्जल ,माइकल को अभिनय रहेको थियो।
यस नाटकको सह निर्देशनमा सविन , सेट डिजाइन जेनी र लाइट डिजाइन क्षितिजको रहेको थियो। नाटकको सेलिब्रेशन पार्टनर क्लब टेन एक्स रहेको थियो।
नाटकका संपूर्ण कलाकार तथा क्रु लाई स्वागत गर्दै टेन एक्सको तर्फ बाट मायाको चिनोसमेत प्रदान गरिएको थियो।
यसरी नाटकको भव्य सेलिब्रेशनको रुपमा टेन एक्सले साथ दिएर नेपाली रङ्गमञ्च र कलाकारहरुलाई जोड्ने काम गरेको छ।
प्रकाशित: ७ माघ २०८२ १०:४३ बुधबार





