७ माघ २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले म्याक्रोनको ‘प्राइभेट म्यासेज’ सार्वजनिक गरेपछि...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पठाएको ह्वाट्सएप सन्देशको स्क्रिनसट सार्वजनिक गरेका छन्।

सन्देशमा म्याक्रोनले लेखेका छन्, ‘मेरो साथी (डोनाल्ड), हामी सिरियामा पूर्ण रूपमा एकमत छौं। इरानमा हामी ठूला काम गर्न सक्छौं। तर ग्रीनल्याण्डमा तपाईं के गर्दै हुनुहुन्छ म बुझ्दिनँ।’

म्याक्रोनले ग्रीनल्याण्डबारे अमेरिकी रणनीति नबुझेको बताएका छन्। उनले ट्रम्पसँग दुई प्रस्ताव राखेका छन्:  
पहिलो डाभोसको विश्व आर्थिक मञ्च सम्मेलनपछि बिहीबार पेरिसमा जी–७ बैठक बोलाउने रहेको छ। त्यसमा युक्रेन, डेनमार्क, सिरिया र रूसलाई पनि सामेल गराउने उनको भनाइ छ। 

त्यस्तै दोस्रो ट्रम्प अमेरिका फर्किनुअघि पेरिसमा सँगै खाना (डिनर) खाने रहेको छ।

म्याक्रोनले ट्रम्पलाई ‘मेरो साथी’ भनेर सम्बोधन गरे पनि ट्रम्पले सन्देश सार्वजनिक गरेर तनाव बढाएका छन्। ट्रम्पले ग्रीनल्याण्ड कुनै पनि मूल्यमा कब्जा गर्ने धम्की दिँदै आएका छन्। उनले फ्रान्सेली वाइन र शैम्पेनमा २०० प्रतिशत कर लगाउने चेतावनी पनि दिएका छन्।

डाभोसमा बोल्दै म्याक्रोनले ट्रम्पको आक्रामक शैलीको आलोचना गरे। उनले भने, ‘हामी धम्की दिनेहरूको सम्मान गर्न रुचाउँछौं। र हामी क्रूरता भन्दा कानूनको शासनलाई प्राथमिकता दिन्छौं।’ उनले युरोपले अमेरिकाले शक्तिका आधारमा लाद्न खोज्ने कुनै पनि कुरा नमान्ने र यस्तो दबाबमा झुक्दा युरोप ‘दासीकरण’ को बाटोमा जाने स्पष्ट पारेका छन्। 

युरोपका धेरै नेताले सिरिया र इरानमा ट्रम्पसँग सहमति जनाए पनि ग्रीनल्याण्ड, युरोपेली व्यापार र ऊर्जा मुद्दामा मतभेद बढ्दै गएको छ। ट्रम्पले म्याक्रोनको प्रस्तावित पेरिस बैठक र खानालाई अस्वीकार गरेका छन्।

प्रकाशित: ७ माघ २०८२ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App