२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

म्याग्दी प्रशासनकाे हतियार बुझाउने निर्देशन

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार यही माघ २० गतेभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताए।

उनका अनुसार प्रशासनले इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन निर्देशन दिएको छ।

यसैबीच, एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीको सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर मनोनयन दर्ता भइसकेको छ।

निर्वाचन प्रहरी भर्ना, कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको यहाँ ८६ हजार ३९७ मतदाता छन्। जिल्लामा ८२ मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ७ माघ २०८२ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App