झापा-११ ले २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा झापा-११ ले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
धरान रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा झापा ११ को जितमा सुनिल खड्का र राजेश दाहालले गोल गरे । पहिलो हाफको ३५औँ मिनेटमा मौसब सुब्बाको पासमा सुनिलले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
दोस्रो हाफको १८औँ मिनेटमा राजेशले एकल प्रयासमा शानदार गोल गर्दै अग्रता दोब्बर बनाए ।
‘म्यान अफ दि म्याच’ झापा ११ का राजेश दाहाल घोषित भए । उनले नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको शनिबार हुने खेलमा प्लानिङ ब्वाइज काठमाडौं र न्युरोड टिम (एनआरटी क्लब) काठमाडौं बीच प्रतिस्पर्धा हुनेछ ।
गोल्डकप विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ्न् ।
प्रकाशित: २३ माघ २०८२ १८:०० शुक्रबार





