नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। उनले बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’
थापाले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सर्लाही ४ बाट उम्मेदवारी दिएका छन्। थापाको कडा टक्कर रास्वपाबाट उम्मेदवार रहेका अमरेश कुमार सिंहसँग हुने भएको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि सबै कांग्रेसीलाई एकै छतमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। पछिल्लो समय पार्टीभित्रको एकता सुदृढ गर्दै अघि बढ्ने लक्ष्यअनुसार टिकट वितरण प्रक्रियामा समेत स्थापनपक्ष वा इतरपक्ष कायम गरेको छैन।
प्रकाशित: ७ माघ २०८२ १२:१८ बुधबार




-600x400.jpg)
